पर्यटन

राजनीतिक उग्रताका कारण रेडक्रस बन्यो रेड फाइट एरिया



काठमाडौँ २८ कार्तिक ।  नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका गैरप्रतिनिधिले सभास्थलमा तोडफोड गरेको रेडक्रस सोसाईटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए ।

हामी ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरु भेला भएका थियौं । अचानक एकडेढ सयको हुलमा आएका गैरप्रतिनिधिहरुले सभास्थल बिथोले, उनले भने । उक्त समूहले वितरण गर्न राखिएका रेडक्रसका ज्याकेटहरु समेत लुटेर लगेको तिम्सिनाले बताए । कुर्सी भाँच्दै बितण्डा मच्चाएपछि कार्यक्रम स्थगन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो । सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला समितिहरुले काम नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो । तीनै जिल्लाबाट आएकाहरुले सभा बिथोलेको अध्यक्ष तिम्सिनाले बताए ।

आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो । संघीयता अनुकूल बनाऔं भनेर हामीले विधान महाधिवेशन गर्न लागेका थियौं,ु अध्यक्ष तिम्सिनाले भने,पालिका तहमा हाम्रो संस्थाको राम्रो उपस्थिति थिएन । विधान संशोधन गरेर पालिका स्तरसम्मै रेडक्रसको सञ्जाल फैलाउने उद्देश्य अनुरुप विधान संशोधन गर्न लागेका थियौं । १६ जिल्लाबाट आएकाहरुले बिथोलिदिए ।

सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंका प्रवक्ता एसपी सुशीलसिंह राठौरले सभा बिथोल्न खोजेका ६ जनालाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको जानकारी दिए ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६