कपिलवस्तु ३० कार्तिक । बाणगंगा सिंचाई विकास डिभिजन कार्यालयकी प्रमुख कोपिला श्रेष्ठले बाणगंगा सिंचाईको लक्ष्मणघाट सिर र जगदीपुर ताल मुटु भएकाले यसको संरक्षणमा जलउपभोक्ताले बुझेनन् भन्ने तर्क गरेकी छन् । उनले वाणगंगा जलउपभोक्ता समितीको साधारण सभामा वोल्दै यस्तो वताएकी हुन् । उनले अगाडी भनिन जिल्ला कै सबै भन्दा पुरानो र ठुलो सिचाई प्रणालीमा अहिले बृहद आयोजना नहुदा समस्या भएको छ ।
अहिले विकासको नाममा नहर क्षेत्र कै बाटोमा पिच लगायतका सडक बनाईदा मर्मत संभार गर्न गाह्रो परेको उनले बताएकि छन् । बाणगंगा नहरको विकास र संरक्षणमा उपभोक्ताले पनि चासो र ध्यान दिनु पर्ने सरोकारवालाले बताएका छन् ।बाणगंगा सिंचाई जलउपभोक्ता संस्था मुल समिति कपिलवस्तुको आठौ साधारण सम्पन्न भएको छ ।
कापिलवस्तुको तौलिहवामा संपन्न साधारण सभामा सम्बोधन गर्दै सो अवसरमा नेपाली कांग्रेस उप सभापति रामआषिष पाण्डेयले बाणगंगा नहर कृषकहरुकालागि बरदान नै भएकाले यसको संरक्षण र विकासमा सबैले चासो दिनु पर्ने बताए ।यस्तै कार्यक्रममा संसथाका पु्र्व अध्यक्ष नारायण बहादुर सिंहले उपभोक्ता समितिले नहरको विकासमा चासो दिनु पर्ने बताए । सो अवसरमा बृज बिहारी शुक्लाले सस्थाको आर्थिक र कोषाध्यक्ष सुनिल शुक्लाले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
मेवालाला यादवको अध्यक्षता, जगदीश (दिनेश ) पाण्डेयको संचालनमा भएको कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष नारायण बहादुर सिंह, जिल्ला सिंर्चा विकास डिभजिन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्याय, संस्थाका उपाध्यक्ष मोहन शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए । सभाले बिधान अनुसार कार्य समितिको म्याद थपेको अध्यक्ष यादवले बताए । बाणगंगा सिंचाईबाट ६ हजार २ सय बढि हेक्टरमा सिंचाई हुने गरेको छ ।
प्रतिक्रिया