प्रदेश

नेपाली पासपोर्टको सम्मान बढाउन सरकार लागिपर्छः मन्त्री खड्का



काठमाण्डौ, ०१ मंसिर । परराष्ट्रमन्त्री डा नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी पासपोर्ट को सम्मान बढाउन लागिपर्ने बताउनुभएको छ । आज बुधवार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताउनुभएको हो । देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले बताउनुभयो ।

नेपाल र अन्य धनीमानी भनिने देशहरूलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘अब हामी सरकारमा बसेकाहरू, हामी देश विकास गर्छौँ भन्नेहरूले अब यसको सम्मान बढाउने छौँ । यो नेपालीले बोक्दा या अर्को अलिकति धनीमानी देशका नागरिकले बोक्दा जुन खालको भेदभाव हामीलाई महसुस हुन्छ, अब हाम्रो काम समुन्नत नेपाल बनाएर, विकास गरेर, हाम्रो स्वाभिमानलाई, हाम्रो सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने हुनेछ । यो पासपोर्टको टेक्निकल स्यान्डर्ड त होला, टेक्निकल इम्पोर्टेन्स हामीले बढायौँ होला तर यसको रेस्पेक्टाविलिटी अन्तर्राष्ट्रिय जगतमा अन्य धनीमानी भनिएका देशहरूलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको बनाउन यो पासपोर्टलाई थप्नु छ । त्यो सम्मान थप्ने काममा हामी जुट्नु छ ।’

मन्त्री खड्काले देशलाई आर्थिक रूपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताउनुभयो । उहाँले आउँदा दिनमा नेपाली नागरिकहरूले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गर्नुभयो । सरकारले आजदेखि देशभर ई–पासपोर्ट परीक्षणका रूपमा वितरण सुरु गरेको छ । राहदानी विभागमा आज बुधवार आयोजना गरिएको पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रमु मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपालको पहिलो ई–पासपोर्ट प्रदान गरेर वितरण सुरु गरिएको हो । 

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६