अर्थ-वाणिज्य

महाधिबेशनमा जनसहभागिताको खाका तयार,बाणगंगामा सबै पदाधिकारीको कार्य विभाजन



कपिलवस्तु १ मंसिर ।नेकपा एमाले बाणगंगा नगरकमिटिको पहिलो पूर्ण बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ । नगरकमिटिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले नगरकमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको कार्यबिभाजन गर्नुका साथै बिभिन्न फाटहरुका लागि प्रमुख उपप्रमुख तोकेको छ । जसअनुसार स्थानिय निकाय बिभाग प्रमुखमा युवराज पोख्रेल ,स्कुल बिभाग प्रमुखमा मुक्त बहादुर कार्की ,संगठन बिभाग प्रमुखमा बिष्णु गिरी ,आर्थिक बिभाग प्रमुखमा चेतनारायण भण्डारी रहनुभएको छ । अन्य बिभागकोहरुको जिम्मेवारी पनि तोकिएको छ । 


यस्तै बैठकले एमालेको दशौ राष्ट्रिय महाधिबेशनलाई लक्षित गरि यहि मसिर ३ र ४ गते बाणगंगाका सबै वडाहरुको वडा कमिटिको बैठक आयोजना गर्नेे भएको छ । महाधिबेशनका लागि बाणगंगा नगरबाट मात्र ५ हजार १ सय बढि जनसहभागीता गराउने निर्णय गरेको छ । त्यसको लागि वडास्तरमा योजना बनाईने छ । 

बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारिलाल न्यौपाने , जिल्ला ईन्चार्ज एवम राष्ट्रिय सभा सदस्य बिमला घिमिरे , जिल्ला अध्यक्ष झबिलाल पोख्रेल ,प्रदेश सदस्य डम्मर शर्मा ,सांसद बिष्णु पन्थी , जिल्ला उपाध्यक्ष बाबुराम खनाल ,जिल्ला उपसचिव बिश्राम थारु , जिल्ला सदस्य बिश्व कार्की लगाएतको आतिथ्यता रहेको थियो । 


बैठकमा बोल्दै अतिथिहिरुले एमालेप्रति पछिल्लो समय धेरै नागरिकहरुको आकषर्ण बढ्दो रहेको बताउनुभयो । पार्टीलाई  थप बलियो बनाउदै पार्टी प्रबेशको जनलहरलाई अझ तिब्रता साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । आगामी निर्वाचनमा पार्टीलाई  एकढिक्का सबैतहमा बनाई बिजयी बनाउनुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले बाणगंगा नगर कमिटिका उपाध्यक्ष मुक्त कार्कीको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन सचिव बिष्णु गिरीले गर्नुभएको थियो ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६