जीवनशैली

आज ५ सय ८० वर्षकै सबैभन्दा लामो चन्द्र ग्रहण, यी पाँच राशिको जीवनमा हुनेछ कायापलट ।



कपिलवस्तु, ०३ मंसिर । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते (आज) लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ ।पौराणिक कथा अनुसार देवता तथा राक्षसहरुद्धारा समुद्र मन्थनको क्रममा अमृत निस्कियो । अमृतपानका लागि देवता तथा राक्षसबीचमा युद्ध भयो । तब भगवान विष्णुले मोहिनी रुप धारण गरे र देवताहरुलाई मात्रै अमृत पिलाए ।

अमृत बाँड्ने क्रममा राहु नामको दानवले देवताको रुप धारणा गरे र अमृत पिउन सफल भए । राहुले अमृत पान गरेपछि सूर्य र चन्द्रले राहुलाई चिनिहाले र विष्णु भगवानलाई यस बारेमा जानकारी गराए । त्यसपछि भगवान विष्णुले राहुलाई तत्काले शीर छेदन गरी ह,त्या गरे । तर अमृत पानका कारण राहु अमर भयो र सो घटनापछि सूर्य र चन्द्रमालाई आफ्नो शत्रु मान्न लाग्यो ।

सोही कारण राहुले समय समयमा सूर्य तथा चन्द्रमालाई समाउने वा दुख दिने गर्दछ र त्यहीँ क्रमलाई चन्द्र तथा सूर्य ग्रहण भन्ने गरिन्छ धर्मशास्त्र अनुसार ।विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।

यो पटक कार्तिक पूर्णिमा अर्थात् आगामी नोभेम्बर १९, २०२१ मंसीर ३ (आज)  लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । सन् २०२१ को नोभेम्बर १९ पछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ ।

यो चन्द्रग्रहणमा विशेषगरी ५ राशि हुनेहरुलाई फलिफाप हुनेछ। पहिलो राशी हो मेष राशि, दोस्रोमा कन्या राशि, तेस्रोमा तुला राशि, चौथोमा कुम्भ राशि र पाँचौंमा मीन राशि।यी ५ राशि हुनेहरुको पराक्रममा वृद्धि हुनेछ, धन दौलत, सुख प्राप्त हुनेछ। नयाँ कृतिस्वपनि प्राप्त गर्नेछन्। ग्रहण लागेका ठाउँहरुमा उक्त राशि हुनेहरुलाई विशेष फल प्राप्त हुनेछ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६