माधव बेल्वासे, २ मंसिर । नेकपा माओवादी केन्द्रको शनिवार हुने वडा सम्मेलनको तयारी पुरा भएको छ । कपिलवस्तुका ९६ वडामा भोलि एकै साथ सम्मेलन हुने माओवादी केन्द्र कपिलवस्तुले जनाएको छ ।
केन्द्रका जिल्ला संयोजक विष्णु शाहका अनुसार सबै पालिकाका वडाहरूमा सम्मेलनको लागि जिम्मेवारी प्रदान गरिएको बताउनुभयो । सबै वडामा व्यापक छलफल गरी नेतृत्व चयन गर्ने सबैलाई आग्रह गर्नुभएको छ ।
नेतृत्व चयनमा विशेष ध्यान दिँदै कर्मठ नेतृत्व ल्याउनुपर्ने भएकोले वडाका सदस्यहरूलाई विशेष छलफल गर्न आग्रह गर्नुभयो । वडा सम्मेलनमा उत्साहजनक सहभागिता हुने अपेक्षा गर्दै सम्मेलनको सफलताको कामना समेत गर्नुभयो । कपिलवस्तुमा ८ हजार माओवादी केन्द्रका कृयशिल सदस्य रहेका छन् ।








प्रतिक्रिया