अर्थ-वाणिज्य

अबपार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिन्छ: योगेश



काठमाडौँ ३ मंसीर  । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन् । उनले भने, ‘यो महिाधवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ । एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बोल्दै उनले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने पनि विश्वास दिलाए । उनले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढि स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं ।अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ । यो महाधिवेनसँगै एमाले सरकारमा कमब्याक हुनेछ । सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ ।’

उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिने पनि विश्वास दिलाए । उनले भने, ‘यो पटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने हो । हामी त्यहीअनुसार अघि बढेका छौं ।यदि सर्वसम्मत् भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरामा महिाधवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने छुट छ । तर, हाम्रो मिशन भनेको एमालेमा योपटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो ।’

उनले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे । उनले अबको एकमात्रै लक्ष्य भनेको सूर्य चिन्हको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाए ।उनले भने, ‘हामीले कसैलाई प्रधानमन्त्री बनाउनमात्रै बहुमत मागेको होइन । देशको समस्यालाई हटाउँदै समाजवादमा पुर्याउने लक्ष्य हो । यो कसले गर्न सक्छ त भन्दा एमालेले मात्रै गर्नसक्छ । त्यसको संकल्प महाधिवेशनले गर्छ ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६