जीवनशैली

समाजवादी परम्परा अनुसार नामाकरण, बच्चाको नाम युग ।



कपिलवस्तु,०३ मंसिर । कपिलवस्तुको बाणगंगामा बच्चाको नामाकरण एक कार्यक्रमका बिचमा समाजवादी परम्परा अनुसार गरिएको छ । जिल्लाको बाणगंगा नगरपलिका वडा नम्बर ९ भर्तापुर स्थित जनता समाजवादी पार्टी नेपालका नेता नारायण खनाल र राधा खनाल दम्पतीले आफ्ना छोरा बुहारी राजेन्द्र र देवकला खनालबाट जन्मिएका सुपुत्रको एघारौँ दिन खनाल निवासमा एक कार्यक्रमका साथ नवजात शिशुको नामाकरण समाजवादी परम्परा अनुसार गरेका हुन । 

जसपा नेपालका केन्द्रिय सल्लाहाकार समितिका अध्यक्ष एव् जसपा संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका राजनितिक गुरु समेत रहनुभएका नेता विष्णुहरि शर्माले खनाल परिवारमा पारिवारिक जमघटका बिचमा आज नवजात शिशुको नाम युग खनाल (आभास) रहने घोषणा गर्नुभयो । 

खनाल दम्पतीले समाजको अग्रगामी सांस्कृतिक रुपान्त्रणका लागि दशकौँदेखि योगदान दिदैँ आएका छन् । उनीहरुले आफ्नो जेष्ठ सुपत्रको विवाह समेत राजनितिक नेता कार्यक्रताहरुको जमघटमा स्टेज म्यारिज गराएका थिए भने प्रथम नातीको नामाकरण समेत खनालका अनन्य मित्र मानिने विष्णुहरि शर्माले नै राखिदिएका थिए । 

वर्तमान पुँजिवादी र साम्राज्यवादी विश्वमा जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कार जस्ता परम्पराहरु ज्यादै महंगो र भड्किला र तडकभडकपूर्ण रहेका र कतिपय धर्म संस्कृतीभित्र विकृती र विसंगतीहरु हुर्कदै गएको परिप्रेक्ष्यमा आम मानिसहरुको निम्ती अत्यन्तै बोझिला बन्दै गएको सन्दर्भमा समाजको अग्रगामी  सांस्कृतिक रुपान्त्रणमा योगदान पु¥याउने उद्देश्यले आफुहरुले यो कार्यको सुरुवात गरिएको खनाल परिवारको ठहर छ । 

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६