कपिलवस्तु मंसिर ४ ।अनेरास्ववियू बाणगंगा नगरकमिटिको अध्यक्षमा सन्दिप न्यौपाने सर्बसम्मत रुपमा निर्वाचित हुनुभएको छ । शनिबार भएको अनेरास्ववियू बाणगंगा नगरको भेला तथा अधिबेशनबाट न्यौपनाको अध्यक्षतामा २५ सदस्यीय नगरकमटी सर्बसम्मत रुपमा निवार्चित भएको छ जसको उपाध्यक्षमा शिशिर न्यौपाने , सचिवमा बिकास थापा ,सहसचिवमा सरिता बेल्बासे ,दुर्गेश कुमार चौधरी ,मनिष पंगेनि ,कोपाध्यक्षमा मनोज पोख्रेल चयन हुनुभएको छ । भने अन्य बाकी सदस्य पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई अनेरास्ववियूका स्थायी कमिटिका सदस्य तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज टुकलाल गैरेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । संगै नवनिर्वाचित कमिटिलाई सफल कार्यकालको शुभकामना दिदै पार्टीको र विद्यार्थी राजनीतिको बारेमा महत्त्वपूर्ण भनाइ राख्नुभएको छ । यसैबिच सोही नगरभेला तथा अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश सदस्य कृष्ण केशी , अनेरास्ववियूका स्थायी कमिटिका सदस्य टुकलाल गैरे ,केन्द्रिय सचिवालय सदस्य लेखनाथ खनाल , एमाले बाणगंगा नगरका अध्यक्ष युवराज पोख्रेल ,जिल्ला सदस्य बिश्व कार्कीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै विद्यार्थी राजनीति र समयसामयिक बिषयमा आफ्ना भनाइ राख्नुभएको थियो । उहाहरुले अनुशासन र ईमान्दारिताका साथ आफ्नो जिम्मेवारी र भूमिकालाई निभाउन सुझाब दिनुभयो । बिद्यार्थीहरुको हकअधिकारका लागि सधैब आवाज बुलन्द पार्नुपर्नेमा जोड दिदै समाजमा रचनात्मक र सिर्जनात्म क्रियाकलापलाई जोड्दै अघि बढ्न आग्रह गर्नुभयो । अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष बाबुराम अर्याल , अनेरास्ववियूका जिल्ला सहसंयोजक दयाराम पौडेल ,केन्द्रिय सदस्य ईन्दिरा पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।
५ मंसिर २०७८, आइतबार








प्रतिक्रिया