अर्थ-वाणिज्य

प्रचण्ड र नेत्रविक्रम बीच तल्लो तहसम्म सहकार्य गर्ने समझदारी



काठमाडौं, ५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तल्लो तहसम्म सहकार्य गर्ने समझदारी बनेको छ ।शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट गर्न विप्लव एक्लै पुगेका थिए । बिहान ९ बजेदेखि १० बजेसम्म भएको छलफलमा पार्टी एकता तत्काल गर्न नसके पनि तलैसम्म सहकार्य गरेर जान सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।

‘पार्टी एकता गरौं, जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो’, भेटमा विप्लवलाई प्रचण्डले भने ।जवाफमा विप्लवले तत्काल पार्टी एकता सम्भव नभएको बताएका थिए । ‘गणतन्त्र जोगाउन, यसका उपलब्धि रक्षा गर्न हामी पनि लाग्छौं’, विप्लवले प्रचण्डलाई जवाफ दिँदै भने, ‘तर अहिले पार्टी एकता गर्न सकिँदैन । राजनीतिक कार्यदिशामा हाम्रो सहमति छैन ।’ त्यसपछि विप्लवले सहकार्य गरेर जान सकिने बताएको स्रोतले जानकारी दिएको छ ।

‘पार्टी एकता नगरे पनि सहकार्य गरेर जान सकिन्छ’, विप्लवले भने । त्यसपछि प्रचण्डले त्यो कसरी सम्भव छ भनि प्रश्न गरेका थिए ।जवाफमा विप्लवले भने, ‘तलैसम्म सहकार्य गरेर जाने र त्यसका लागि नेतृत्वले सहकार्य गरेर जान नेता/कार्यकर्तालाई सर्कुलर पठाउने, त्यसले विश्वासको वातावरण बनाउँछ ।’ त्यसपछि सहकार्य गरेर जाने समझदारी बनेको स्रोतले दाबी ग¥यो ।

स्रोतका अनुसार सहकार्यको शुरुवात आगामी निर्वाचनदेखि हुनेछ । विप्लव पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलाले पनि विप्लव र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको बताए ।‘अघिल्लो सरकारसँग भएको ३ बुँदे सहमति कार्यन्वयनका विषयमा छलफल भएको हो, अहिलेको समसामयिक राजनीतिक विषयमा पनि समीक्षा भएको जानकारी पाएको छु’, बाँस्तोलाले भने । विप्लवले अघिल्लो हप्ता पनि खुमलटारै पुगेर प्रचण्डलाई भेटेका थिए ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६