अर्थ-वाणिज्य

गृहमन्त्रीको आडमा कांग्रेस नेता पन्त कुट्नेलाई कारवाहीको माग



बुटवल  ५ मंसिर । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खांणको आडमा तरुण दलका नेताले कांग्रेसकै कार्यकर्ता कुटेको भन्दै पौडेल समुहले कार्वाहीको माग गरेको छ।नेपाली काग्रेसको १४ औं महाधिवेशनको क्रममा मिति २०७८ साल मंसिर ३ गते रुपन्देही जिल्लाको संघिय क्षेत्र नं. ३ प्रदेश सभा क्षेत्र (क) मा मतगणनाको क्रममा कांगे्रेसकै कार्यकर्ता शैलेश कुमार पन्त कुटीएका थिए।

पन्त माथी तरुण दल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङ्ग (सेते) नेतृत्वमा रहेका १०–१५ जनाको समूहले मतगणना चलिरहेको अवस्थामा एक्कासी आक्रमण गरेको आरोप पौडेल पक्षका उम्मेदवार पुरन श्रेष्ठको छ।पौडेल समुहले बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेपाली काग्रेस क्षेत्रीय समितिका सचिब पदका प्रत्यासी रहेका शैलेश कुमार पन्त समेतका नेता कार्यकर्ता माथि गुरुङ्ग नेतृत्वको गुण्डाहरुको जत्थाले आक्रमण गरेको भन्दै यथासिघ्र कार्वाही गर्न माग गरेको छ।

पत्रकार सम्मेलनमा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणको आफुनै गृह र निर्वाचन क्षेत्रमा राजनैतिक उद्देश्य प्राप्त गर्ने दुरासयले आफ्नै नेता कार्यकर्ता माथी आक्रमण हुनु निन्दनिय कार्य भएको भन्दै आफ्नो समुह हार्ने निश्चित भएपछि आक्रमण गरिएको बताईएको थियो।मत गणना चलिरहेको अवस्थामा आफ्नो सर्मथकले निर्वाचन हार्ने देखिए पछि गृहमन्त्रिको आडमा गृहमन्त्रीका भाई नेपाली काग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणको निर्देशनमा गुरुङ्गको समुहले आक्रमण गरेको हो श्रेष्ठले भने।

“निर्वाचन जसरी आफ्नो पक्षमा पार्नुपर्छ भन्ने कलुषित मनसायले सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै कार्यकर्ताहरुमा डर, त्रास लालच देखाउने कार्य पहिलाबाट नै चल्दै आएकोमा यो भौतिक आक्रमणले मंसिर ६ गते हुने क्षेत्रिय अधिवेशन र १० गते हुने जिल्ला अधिवेशनमा आफ्नो पक्षमा नरहेका पार्टिका नेता कार्यकर्ताहरुलाई हतोत्साहित बनाई पार्टि कब्जा गर्ने कुन्ठीत मानसिकताले यो घटना प्रायोजित रुपमा घटाईएको हो।” पत्रकार सम्मेलनमा जारी बिज्ञप्तीमा उल्लेख छ।

‘पार्टीकै नेताकार्यकर्ता माथि गराइएको यस्तो घटनाले समग्र काग्रेसका सक्षम योग्य ईमान्दार कार्यकर्ताको अपमान भएको भन्दै राजनितिमा अपराधिककरणको घोर भ्रत्सना गर्दछौ” बिज्ञप्तीमा उल्लेख छ।

“आफ्नै पार्टि संगठन र कार्यकर्ताको सम्मान, संरक्षण र सहयोग गर्नु पर्ने व्यक्तिबाटै यस्ता घटनाको योजना र संरक्षण हुनु नेतृत्वको नालायकि र कुन्ठीत मनसिकताको उपज भएकोले त्यस्ता व्यक्तिहरुबाट पार्टि,संगठन र मुलुकको भलो हुन नसक्ने बिज्ञप्तीमा उल्लेख छ।”पत्रकार सम्मेलनमा खांणले शक्ति र सत्ताको चरम दुरुपयोग गरि मतगणना स्थल कब्जा गर्ने प्रपन्च रचेको र सुरक्षाको जिम्मा लिनुपर्ने प्रहरीले कुटपिट गर्दा समेत मुकदर्शक भई सुरक्षा प्रदान नगरेको भन्दै खेद प्रकट गरिएको छ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६