प्रदेश

माओवादी केन्द्रको वडा सम्मेलनः केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन ।



काठमाण्डौ, ०५ मंसिर । नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।

पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६