प्रदेश

तीन देशका प्रस्तावित राजदूतको सुनुवाइ कोरम नपुगेपछि स्थगित ।



काठमाण्डौ, ०५ मंसिर । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

आज आइतवार सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आउँदो मङ्सिर १७ गते बस्ने गरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आउँदो मङ्सिर १७ गते बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू महाधिवेशनका कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पार्नुभयो ।

गएको कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा। शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो ।

संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न आठ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्यसमेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनुपरेको समितिका सभापति कर्णले बताउनुभयो ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६