लुम्बिनी

गौशाला र पञ्चगव्य अस्पताल सञ्चालनको तयारी



जानु पाण्डे
कपिलवस्तु, मङ्सिर ८ गते । सडकमा बेवारिसे अवस्थामा रहेका गाईगोरुलाई संरक्षण गर्दै पञ्चगव्य अस्पताल निर्माणको तयारी सुरु गरिएको छ । कपिलवस्तुको छाडा गाइवस्तुको व्यवस्थापन हुने गरी बुद्धभूमि नगरपालिका वडा नं। ९ गव्दहवामा गोरक्षधाम गो–विज्ञान अनुसन्धान केन्द्रको शिलान्यास गरिएको छ । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले अनुसन्धान केन्द्र भवनको शिलान्यास गर्नुभएको हो ।
अनुसन्धान केन्द्रका प्रमुख संरक्षक बाबा योगिराजले देशमै पहिलो पटक गौमूत्रको प्रयोग गरी उपचार गर्ने पञ्चगव्य अस्पतालको रुपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको बताउनुभयो । अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवा सञ्चालन गर्ने गरी आयुर्वेद पद्धतिबाट उपचार हुने बताइएको छ । अनुसन्धान केन्द्रले छ महिनाभित्र सात सयभन्दा बढी गाई राख्न मिल्ने गरी आधुनिक गौशाला सञ्चालन गरिने बताउनुभयो ।
केन्द्रका कोषाध्यक्ष नवराज लामिछानेका अनुसार कपिलवस्तु र अर्घाखाँची जिल्लाका पालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएको छ । कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका र शीतगङ्गा नगरपालिकाले गौशाला निर्माणका लागि विनियोजन गरेको बजेट अनुसन्धान केन्द्रले सञ्चालन गर्ने गौशालामा खर्च गरिने सहमति भएको लामिछानेले बताउनुभयो । गौशाला निर्माणपछि राजमार्गमा रहेका छाडा गाईवस्तुको व्यवस्थापन हुने शिवराज नगरपालिका ५ का समाजसेवी महादेव पोख्रेलले बताउनुभयो ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६