अर्थ-वाणिज्य

कांग्रेस कपिलवस्तुमा तीनवटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा




कपिलवस्तु ८ मंसिर । संघीय संरचना अनुसार पहिलो पटक हुन गैरहेको नेपाली कांग्रेसको आसन्न १४ औं महाअधिवेशन अन्र्तगत कपिलवस्तुमा बुधवार ७५ महाधिवेशन प्रतिनिधि र ३ क्षेत्रको क्षेत्रीय अधिवेशन भएको छ । कुल मतदाता संख्या १ हजार ८ सय १३ रहेको कपिलवस्तुमा सोमबार उम्मेद्वारी दर्ता र बुधवार मतदान भएको हो । क्षेत्र नं १ को पचेहरा२ को तौ तौलीहवा स्थीत बुद्धपद्म माविको खेल मैदान र क्षेत्र नं ३ को चन्दौटामा भएको छ । पालिका तह देखि नै चु्नाव हुँदै आएको कांग्रेस कपिलवस्तुमा क्षेत्रीय अधिवेशनमा पनि चु्नावबाटै नेतृत्व छनौट हुने भएको छ । सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा दुवै पक्षले प्यानल बनाएर चुनावी प्रचारमा छन् ।
क्षेत्र नंम्वर १ मा टेकबहादुर शाही र अब्दुल मन्नान बीच प्रतिस्पर्धा देखीएको छ । क्षेत्र नंम्वर २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा बीच सभापतिमा प्रतिस्पर्धा भएको छ । दुवै जना एउटै वडाका भएपनि क्षेत्रीय सभापतिमा चुनाव लड्न थाल्नुभएको हो । श्रेष्ठ पौडेल पक्षबाट चुनाव लड्नुभएको हो भने मिश्रालाई देउवा पक्षले समर्थन गरेको छ । क्षेत्र नंम्वर ३ मा हरि प्रसाद पोख्रेल र ब्रह्मानन्द उपाध्याय बीच सभापतिमा प्रतिस्पर्धा भएको छ । यसैविच केन्द्रीय महाअधिवेश प्रतिनिधिमा आर्य खसबाट खुल्लातर्फ पुर्व एसएसपी विक्रम सिंह थापा समेत चुनावी मैदानमा हुँदा मतदान स्थलमा रौनकता देखिएको छ
कांग्रेस कपिलवस्तुको ३ वटै क्षेत्रमा मंगलवार स्थगित प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन बुधबार मंसिर ८ गते भएको हो । मंगलवारका लागि तय गरिएको निर्वाचतन दुई पक्षीय बिवादका कारण स्थगति गरिएको थियो । बुधवार १ को पचेहरा, २ को तौहिलवा स्थित पार्टी कार्यालय र ३ को चन्द्रौटामा मतदान स्थल कायम गरिएको थियो । ३ वटै निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ८ गते बिहान ९ बजेबाट भएको थियो । यसैबिच क्षेत्र नम्बर १ को मतदान स्थल पचेरामा भव्य,सव्य र शान्त तरिकाले भएको निर्वाचन अधिकृत कुलराज पौडेलले बताउनु भयो । यो समाचार तयार पार्दा सम्म मतगणना जारी रहेको थियो ।
यता नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समुहका लम्साल विजयी भएका हुन्।पौडेल पक्षका सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा देउवा पक्षका अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।त्यस्तैगरी सचिव पदमा श्रेष्ठ समुहका उम्मेदवार प्रजापाल गिरी र लम्साल समूहबाट बिमलराज भट्टराई निर्वाचित भएका छन् ।
सचिवमा निर्वाचित श्रेष्ठ समुहका गिरीले ४२९ मत र लम्साल समूहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन् ।सहसचिव पदमा लम्साल समुहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मत सहित विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ । गएराति यहाँ मतगणना विवाद हुँदा पौडेल पक्षका महाधिवेशन प्रतिनिधि दिध वहादुर केसीमाथि हातपात भएको थियोे ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६