काठमाण्डौ, १० मंसिर । नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ ।
डेढ महिनादेखि थाइल्यान्डको बैङ्ककमा रहेको समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।
पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित हुनुहुन्छ । बैङ्ककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न आज उहाँलाई चीन लगिएको हो ।
प्रतिक्रिया