प्रदेश

ओली गुट भित्र अर्को शक्तिशाली गुट, बरिस्ठ नेता कस्को पक्षमा कती ?




चितवन, ११ मंसिर । ओली गुट भित्र अर्को शक्तिशाली गुट जन्मिएको छ । नेकपा एमालेको महाधिवेशन रोचक बन्ने देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः भएको छ ।
पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरुमा आकांक्षी धेरै देखिएका छन् । यसकारण ओली समूह नै अध्यक्षबाहेकको पदमा विभाजित छ ।

वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङको दाबी रहेको छ । नेम्वाङले काठमाडौंमा रहँदा नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मुख्य दाबी छ । पौडेल र पोखरेल ओलीका विश्वासपात्र हुन् ।

पदाधिकारीका दाबेदार ओली पक्षले गुट बनाइसकेका छन् । एउटा गुटको नेतृत्व ईश्वर पोखरेलले गरेका छन् । अर्को गुटको नेतृत्व नेम्वाङले गरेका छन् ।

ईश्वर पोखरेलको समूहमा शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खगराज अधिकारी, राजन भट्टराई, गोकुल बाँस्कोटा जस्ता नेताहरु छन् ।

सुवास नेम्वाङले नेतृत्व गरेको समूहमा उपमहासचिव विष्णु पौडेल, सचिव पृथ्वी सुब्बा गुरुङ, प्रभावशाली नेताहरु महेश बस्नेत, किरण गुरुङ, हिक्मत कार्की, निरुदेवी पाल, रामेश्वर फुयाँललगायत छन् ।

ओली समूहका दुई गुटमध्ये ईश्वर पोखरेलसँग सांगठनिक पकड छ । पार्टीमा लामो समय बिताएका उनलाई विचारको राजनीतिक गर्ने शंकर पोखरेल र प्रदीप ज्ञवाली जस्ता नेताहरुको साथ छ । यो गुटलाई पुराना एमाले नेताहरुको साथ रहने देखिन्छ ।

नेम्वाङ समूहमा जुझारु शैलीका नेताहरु छन् । पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेत, निरुदेवी पालसँग जुझारु स्वभाव छ । यो समूहलाई नयाँ पुस्ताका प्रतिनिधिको बढी साथ रहने देखिएको छ ।

ओलीइतर समूहको नेतृत्व भीम रावलले गरेका छन् । रावलको समूहमा नेताहरु खासै नखुलेपनि अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्त जस्ता हस्ती नेताहरु रहने सम्भावना बढी छ । योगेश भट्टराई अ‍ोलीसँग नजिकिएकाले रावलको साथ देखिने सम्भावना कमजोर छ । उनी यसपटक पनि सचिव पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६