प्रदेश

एमालेको महाधिवेशन अन्तर्गत बन्द सत्र अझै सुरु हुन सकेन ।




काठमाण्डौ, ११ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रको कार्यक्रममा ढिलाइ भएको छ । बिहान ८ बजे नै बन्दसत्रको कार्यक्रम सुरु हुने कार्यतालिका रहे पनि अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन । हिजो रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य, पदाधिकारी र आयोगका सदस्य सङ्ख्या बढाउने र ९९ सय सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको छ ।

यो निर्णयलाई बन्द सत्रमा छलफल गराएर विधान संशोधन गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म बन्द सत्र नै सुरु हुन सकेको छैन । सकभर सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्नको लागि नेताहरु छलफलमा जुटेकाले बन्द सत्रमा ढिलाइ भएको एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६