प्रदेश

सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै चितवनमा एमालेकै प्रदर्शन ।



चितवन, ११ मंसिर । नेकपा ९एमाले० का युवा विद्यार्थी नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै चितवनमा प्रदर्शन गरेका छन् ।

जारी दशौँ महाधिवेशनको सौराहास्थित बन्द सत्रको हल अगाडि युवा विद्यार्थी र नेताहरूले प्रदर्शन गरेका हुन् ।

हिजोदेखि शुरू भएको महाधिवेशन भोलि निर्वाचनसँगै टुंगिनेछ । आज अब केहीबेरमा बन्दसत्र शुरू हुँदैछ ।

पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षी धेरै भएपछि एमालेले हिजो मध्यरातमा बैठक बसेर ७ उपाध्यक्ष र तीन महासचिव हुने व्यवस्था गरेको थियो । त्यस्तै केन्द्रीय कमिटी ३०१ र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने निर्णय हिजै मध्यरातमा भएको थियो ।

नेता व्यवस्थापनका लागि केन्द्रीय कमिटी बैठक बसेर कमिटीहरूको आकार बढाउने निर्णय भएको हो ।पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएपनि आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन कठीन बन्दै गइरहेको छ ।

तर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगबाट पदाधिकारी चयन गर्ने प्रयास भने जारी राखेका छन् । सर्वसम्मत हुन नसके भोलि निर्वाचन गरिने कार्यतालिका रहेको छ ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६