प्रदेश

काँग्रेस कपिलवस्तुको उम्मेद्वारी दर्ता आज, नेताहरु वार्तामा व्यस्त ।




कपिलवस्तु, ११ मंसिर ।
नेपालि कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत शनिबार (आज) कपिलवस्तुमा उम्मेद्वारी दर्ता हुने भएको छ । आज उम्मेद्वारी दर्ता हुने भएसँगै कांग्रेस कपिलवस्तुमा चुनावी रौनक छाएको छ भने नेताहरु भेटघाट र वार्ताहरुमा व्यस्त रहेका छन् ।

लामो प्रयासपछि नेता राजेश आचार्य र सुधाकर पाण्डेबीच मिलेर जाने सहमति भएको कपिलवस्तु क्षेत्र नं १ (क) का सभापति दुर्गा बहादुर के.सी. कुँवर क्षेत्रीले बताए । यद्यपि राजेश र सुधाकरबीच भएको सहमतिको पूर्ण विवरण भने आइसकेको छैन । यससँगै आइतबार मतदान हुने र कांग्रेस कपिलवस्तुको सभापतिमा २ जना निर्वाचनमा होमिने कांग्रेस नेताहरुले बताएका छन् ।

कपिलवस्तुको क्षेत्र नं. १ अब्दुल मन्नान खाँ र ३ मा ब्रह्मानन्द उपाध्याय देउवा पक्षका क्षेत्रीय सभापति निर्वाचित भएको र अधिकांस देउवा पक्षीय नेताहरु निर्वाचित भएकाले देउवा पक्षका उम्मेद्वार राजेश आचार्य बलिया उम्मेद्वार हुन् । कपिलवस्तुको क्षेत्र नं. २ मा पौडेल पक्षीय क्षेत्रीय सभापतिमा केशव श्रेष्ठ र पौडेल पक्षीय नेताहरु निर्वाचित भएकाले अब्दुल क्लाम पनि प्रतिष्पर्धीका रुपमा उभिएका छन् ।
जिल्लाका १० पालिका, ६ प्रदेश सभा निर्वाचन क्षेत्र र तीन प्रतिनिभिसभा मध्ये सबै तहमा चुनावबाट नेतृत्व छनौट भएको कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

पूर्व मन्त्री एवम् भारतका लागि पूर्व राजदूत समेत रहेका नेता दीप कुमार उपाध्यायले कपिलवस्तुबाट मेलमिलापको सन्देश दिन आफूहरु अन्तिम समयसम्म मिलाएर लैजाने पक्षमा रहेको सर्वसम्मत नेतृत्व चयनका लागि अन्तिम समयसम्म कसरत गरिने बताए ।

नेताहरु नेता दीपकुमार उपाध्याय, कमलेश शर्मा, अभिशेक प्रताप शाह, बिरेन्द्र कुमार कनोडियाको साथ राजेश आचार्यलाई रहेको छ । त्यस्तै जिल्ला सभापति सुरेन्द्रराज आचर्यको साथ अब्दुल क्लामलाई रहेको छ । नेता अतहर कमाल भने कुनै पक्षमा खुलेर देखिने गरी नलागेको कांग्रेस कपिलवस्तुका नेताहरु बताउँछन् ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६