काठमाडौँ ११ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्र टुंगिएको छ । आइतबार बिहान फेरि बन्दसत्र नियमित सञ्चालन हुने गरी शनिबारको बन्दसत्र अन्त्य भएको हो ।
शनिबार राति अबेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।
उक्त प्रस्ताव अनुसार केपी ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिइएको छ । जसअनुसार अब आइतबार ओलीले
शनिबार राति अबेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।
उक्त प्रस्ताव अनुसार केपी ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिइएको छ । जसअनुसार अब आइतबार ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका अनुसार नयाँ प्रस्तावलाई नै सर्वसम्मतीबाट अनुमोदन गराइनेछ ।
यद्यपि असन्तुष्ट नेताहरूलाई चुनावमा उठ्ने अधिकार भने दिइने बताइएको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहँदा उनलाई चित्त नबुझेमा चुनावमा उठ्न दिइने एक नेताले जानकारी दिए ।नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका अनुसार नयाँ प्रस्तावलाई नै सर्वसम्मतीबाट अनुमोदन गराइनेछ ।
यद्यपि असन्तुष्ट नेताहरूलाई चुनावमा उठ्ने अधिकार भने दिइने बताइएको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहँदा उनलाई चित्त नबुझेमा चुनावमा उठ्न दिइने एक नेताले जानकारी दिए ।
प्रतिक्रिया