प्रदेश

निर्वाचन कार्यालय कपिलबस्तुले ८ स्थानिय तहमा मतदाता नामावली संकलन शुरु गर्ने ।




अजय बर्मा,कपिलबस्तु मंसीर १२ ।
जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले ८ स्थानिय तहमा मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । आइतवार भएको मतदाता नामावली संकलन बिषेश कार्यक्रम २०७८ सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र इलाका प्रशासन कार्यालय चन्द्रौटा बाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै जिल्लाको ८ स्थानीय तहमा पनि यही मंसिर १७ गतेबाट नामावली संकलन गरिने भएको हो ।

जिल्लाको कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमी नगरपालिका र महाराजगंज नगरपालिकामा यही मंसीर १७ गते देखि पुष २ गते सम्म नामावली संकलन गरिनेछ भने बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकामा पुष ४ गते देखि १८ गते सम्म नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले जनाएको छ ।

मतदाता नामावली दर्ता र संकलनको कार्यलाई प्रचलित कानुन बमोजिम नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र कुनै पनि मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुुटुन् भन्ने मुख्य उद्देश्य रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनु भएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेका नेपाली नागरिकहरूले आफ्नो स्थानीय तह वा नामावली सङ्कलन भइरहेको स्थानमा नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अनुरोध समेत गर्नु भएको छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले निर्वाचनमा चुन्न र आफु चुनिन पाउने अधिकार रहेको हुँदा यस्तो अधिकार प्रयोग गर्नबाट कोही पनि बञ्चित नहुन भन्नेमा जिल्ला निर्वाचन कार्यालय सदैव सचेत रहँदै आएको हुदा यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६