प्रदेश

प्रधानन्यायाधीशविरुद्ध पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै नेपाल बार ।



काठमाडौँ, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएशनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले सोमबार बार कार्यसमितिको बैठकपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । बारले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नियमित धर्ना दिएको थियो ।

प्रधानन्यायाधीश जबराले न्यायालय ध्वस्त पारेको आरोप लगाउँदै बहिर्गमनका लागि राजनीतिक दललाई पनि हारगुहार गरिरहेको छ । बारले यस विषयमा ध्यानाकर्षण गर्न सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपालगायत विपक्षी दल नेकपा एमालेलाई पनि ध्यानाकर्षण गराइसकेको छ ।

यस्तै सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनालाई पनि ध्यानाकर्षण पत्र बुझाइसकेको छ । तर यस विषयमा दलहरुले भने चासो देखाएका छैनन् ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६