अर्थ-वाणिज्य

तुलसीपुरमा २३ गतेदेखि २९ गतेसम्म प्रथम प्रादेशिक फेस्टिबल २०७८ संचालन हुँदै



तुलसीपुर
१५-मंसिर । ‘पर्यटन प्रबद्र्धनको विकास’ भन्ने नाराका साथ तुलसीपुरमा प्रथम प्रादेशिक फेस्टिबल २०७८ संचालन हुने भएको छ । चन्द्सुर्य यातायात प्रालिको आयोजनामा मंसिर २३ गतेदेखि २९ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुगाउँमा महोत्सव संचालन हुने भएको हो ।

आयोजकले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सवमा मनोरन्जनका कार्यक्रमसहित विभिन्न प्रतियोगिता र १ भन्दा बढी स्टलहरु राखिने आयोजक मुल समारोह समितिका संयोजक शम्भु गिरीले जानकारी दिए । उनका अनुसार हस्तकला प्रतियोगिता, कृर्षीजन्य बस्तु प्रर्दशन, खुल्ला नृत्य प्रतियोगिता, साईक्लिन प्रतियोगिता, खुला फुटबल प्रतियोता हुने छन् । त्यसैगरी महोत्सव अवधिभर मनोरञ्जनका लागि प्याराग्लाईडिङको व्यवस्था रहेको र त्यसका लागि पोखराबाट प्राविधिकहरु आउने आयोजकले जनाएको छ ।

महोत्सवमा अटोमोबाईल, गाडी, बाईकको स्वोरुम, तथा घरेलु बस्तुहरुको प्रर्दशनी राखिने भएको छ । मेलाबाट भएको केही प्रतिशत आम्दानीको शैक्षिक क्षेत्रमा लगानी गर्ने संयोजक रेग्मीले जानकारी दिए । महोत्सव करिब चार लाख दर्शकहरुले अवलोकन गर्ने र एक करोडको आम्दानी गर्ने आयोजकको लक्ष्य छ । अहिले महोत्सवको लागि सामानहरु बुकिङ भईसकेको र केही सामानहरु आउँदै गरेको उनले बताए ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६