अर्थ-वाणिज्य

बाणगंगा नगरपालिकामा विश्व बैंकको उच्चस्तरीय अनुगमन

प्रतिफल खोज्दै विश्व बैंक कपिलवस्तुमा



हरि घिमिरे, कपिलबस्तु १७ मंसिर ।
बिश्व बैंकको उच्चस्तरीय एक प्रतिनिधी टोलीले बाणगंगा नगरपालिकामा भ्रमण एवम् अनुगमन गरेको छ । नगरपालिकाबाट संचालनमा रहेको पशु सेवा र कृषिक्षेत्र सँग सम्बन्धित आयोजनाको अनुगमनका लागी उच्चस्तरीय प्रतिनिधी टोलीको आगमन भएको हो । बिश्व बैंकको आर्थिक सहयोगमा संचालित “नयाँ पशुधन सेवा केन्द्र”को अनुगमनका क्रममा शुक्रबार आयोजित अन्र्तक्रिया कार्यक्रममा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद– जर्भोसले नेपाल र बिश्व बैंकबीचको बलियो साझेदारीको प्रमाण रहेको बताए । नेपालले अगिंकार गरेको कृषि नीतिसँग स्थानीय पालिकाहरुले समेत नीति निर्माण र अनुशरण गर्नुपर्ने जर्भोसको तर्क छ । आयोजना सँचालनका लागी प्राप्त बजेट नेपाल र नेपालीकै हित र पक्षमा रहेकाले आयोजनाको प्रयाप्त उपलब्धिमा समेत नगरपालिकाले ठोस कदम चाल्नुपर्नेमा उनको जोड छ ।
पशुजन्य पदार्थको उत्पादकत्व तथा मुल्य अभिवृद्धि गर्ने उदेश्यले नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाद्धारा संचालित “नयाँ पशुधन सेवा केन्द्र” रहेको छ । २८ वटा परियोजनाद्धारा निर्मित यस परियोजना बाणगँगा नगरपालिका सहित देशभरका ११२ वटा गाउँपालिकामा कार्य क्षेत्र बिस्तार समेत गरेको छ । नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले आयोजना मार्फत कृषक हितका लागी प्रदेश सरकारको भूमिका महत्वपूर्ण र तार्किक रहनुपर्नेमा जोड दिईन् । कार्यक्रममा राजदूत क्यापलरले पालिका भित्र पशु संक्रमण नियन्त्रणका लागि प्रस्तुत परियोजनाले सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । पालिकाले कृषकसँंग प्रत्यक्ष सम्पर्क स्थापित गरि सम्बन्धित बिषयमा क्षमता अभिबृद्धि समेत गर्नुपर्ने धारणा क्यापलरको छ ।
अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का कन्ट्री डाइरेक्टर रिचार्ड हवार्डले नेपालमा कृषि एवं पशु् सेवा बिस्तारका लागी चाहिने जनशक्ति ब्यबस्थापन र उनीहरुको सुविधा बारेमा बिशेष चाँसो राखेका छन् । सेवा प्रवाहको अवस्था र प्रणाली सुधारका लागी सरकारले दिगोपना नीतिगत ब्यबस्थालाई सुधार गर्नुपर्नेमा जोड दिए ।
अन्र्तक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख मँगलप्रसाद थारुले बाणगँगा नगरबासीको हित कल्याणका लागी परियोजना संचालनमा सहयोग गर्ने दातृनिकाय प्रति कृतज्ञता प्रकट गरे । पशुक्षेत्रमा उत्पादन र उत्पादकत्व अभिबृद्धिका लागी नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाले थप सहकार्य र समन्वय गर्नुपर्नेमा थारुले जोड दिए । यसैगरि बाणगँगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले संघीयताको स्थायित्वका लागी समेत सरकार कटिबद्ध रहेको उल्लेख गरे । बिशिष्ट पाहुनाहरुको स्वागत गर्न पाउँदा सिंगो नगर हर्षित रहेको धारणा समेत उनले राखे ।
प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बाणगँगा नगरपालिकाको प्रमुख चुनौतीका रुपमा बाक्लो बसाईसराई दर रहेको उल्लेख गरे । राष्ट्रिय नीति अनुरुप नै कृषि एवम् पशुस्वास्थ्य क्षेत्रमा नगरपालिकाले बिभिन्न योजना, रणनीति मार्फत सेवा प्रभाव गरिरहेको उनको भनाइ छ । मौषमी प्रतिकूलताका कारण पशुमा आउने सँक्रमण समेत चुनौती रहेको प्रमुख प्रशासकिय अधिकृत खनालको तर्क छ ।
कार्यक्रममा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि बिश्व बैंकका कन्ट्री म्यानेजर लाडा स्ट्रेलकोवा, युरोपियन यु्नियनका सहयोग प्रमुख मार्को जेम्मर, एसियाली बिकास बैंकका कन्ट्री निर्देशक अर्नाउड काउकोइस, अन्र्तराष्ट्रिय श्रम संगठनका कन्ट्री निर्देशक रिचर्ड होवार्ड, संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन अन्र्तगत नेपालका लागि विशिष्ठ सहायक विनोद शाह, नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६