अर्थ-वाणिज्य

१ करोड २२ लाख ठगी सहितका अनेक काण्डमा पक्राउ

रेडपाण्डा र रक्तचन्दन समेत बरामद



काठमाडौं, १७ मंसिर।१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् । उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेल समेतको बैंक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ
उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ । यता रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा काठमाडौको बुढानिलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २७ वर्षीय राम बहादुर खत्री र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने कास्की लेखनाथ घर भएका ४० वर्षीय गंगा बहादुर पुन रहेका छन् ।रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त तेल सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ । यस्तै बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको जस्तो देखिने छाला १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–३ बस्ने ३५ वर्षीय लोक बहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वताइन्छ ।
बेनिघाट रोराङ गाउँपालिका–३ गोमती पुलस्थित सडकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानरगपालिका–१७ बस्ने २३ वर्षीय संजय तामाङ र सोही महानगरपालिका–१६ बस्ने २४ वर्षीय कृष्ण परियार रहेका छन् । गल्छीबाट चितवनतर्फ जाँदै गरेको ना.२९ प ७४४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चामलको बोराभित्र लुकाई ल्याएको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएकोछ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६