प्रदेश

संसद पुनर्स्थापनामा न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने :प्रचण्ड



काठमाडौं १८ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनर्स्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संसद् पुनर्स्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताए।  

 उनले भने, ‘यो तपाईंहरूले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनर्स्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ। त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ, ’उनले थपे, ‘हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यबाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो। त्यो पनि सहयोग नै गरेको हो।’ 

 न्यायपालिकालाई सहयोग गर्दै जाने उनको भनाइ थियो। प्रधानन्यायाधीश डिस्चार्ज भएर आउनुभएको भन्दै उनले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने  बताए। 

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६