अर्थ-वाणिज्य

सिंगोपार्टीको ध्यान बिचारको विकास, संश्लेषण र राष्ट्रलाई एकताबद्ध गर्न परिचालित : प्रचण्ड



ललितपुर २१ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान अहिले बिचारको विकास गर्ने, बिचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्ने रहेको बताएका छन् । पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘त्यसकारण अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं । हाम्रो ध्यान चै अब समाजवादी क्रान्तिको विकास अब कसरी विकास गर्ने भन्नेमा छ ।’ उनले मधेसकै पहिचान र अधिकारको निम्ति आफूहरुले लडाईं लडेको बताए । उनले भने, ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेशका विभिन्न जिल्लाहरुका कार्यक्रममा जाँदा मैले जनतामा माओवादी प्रति उत्साह देखेको छु ।’

अध्यक्ष प्रचण्डले अहिले मधेसी जनता र वुद्धिजीविहरु माओवादी प्रतिको भ्रमबाट मुक्त हुँदै गएको देखिएको बताए । उनले भने, ‘हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले विस्तारै आउँदै गएको छ ।’ मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्र बाहेक अरु कसैको पनि बिचार त्यहाँका जनताको पक्षमा नभएको उनको दाबी थियो । प्रचण्डले भने, ‘त्यसैले हामी पहिलो कुरा विचार र राजनीतिक एजेण्डा हेर्नुपर्छ । मान्छे हेर्ने पनि होइन । उसको पछाडिको भीड पनि हेर्ने होइन ।’

एकअर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताए । उनले पार्टी पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाइै उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त पनि व्यक्त गरे । पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेसका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताएका थिए । झण्डै एक दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६