प्रदेश

रूपन्देहीमा भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान बरामद ।




रूपन्देही, २२ मंसिर । भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो।

ओमसतिया गाउँपालिका ४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

उक्त बलेरोका चालक ओमसतिया ५ का ३२ वर्षीय परदेशीप्रसाद सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ। बरामद सामानमा लेडिज सुट, मेसिनरी उपकरणका पार्टपुर्जालगायत छन्। गाडी र बरामद सामान भन्सार कार्यालय पठाइएको छ।

प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैयाँ बराबरको जुत्ता बरामद गरेको थियो। भन्सार चोरी पैठारीमाथि आक्रामक कारबाही भइरहेको केसीले बताए।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६