प्रदेश

साइकल ब्यवसायी समिति कपिलवस्तुको अध्यक्षमा पुनः घिमिरे



कपिलवस्तु, २३ मंसिर ।
साइकल ब्यवसायी समिति कपिलवस्तुको अध्यक्षमा पुनः विष्णु घिमिरे दोहोरिनु भएको छ । साइकल चलाऔँ, दुर्घटनाबाट बचौँ र बातावरणीय प्रदुषण घटाऔँ भन्ने मुल नाराका साथ मंगलबार बुद्धभूमि नगरपालिका वडा नम्बर २ ढिकरीमा सम्पन्न १२ औँ साधारण सभा र छैठौँ अधिवेशनले आगामी दुई बर्षको लागि घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

११ सदस्यीय समितिको उपाध्यक्षमा कमल श्रेष्ठ, सचिव रविन्द्र अर्याल, सहसचिवमा सुवास घिमिरे र कोषध्यक्षमा पारस बेलबासे सर्वसम्मत चयन हुनुभएको अध्यक्ष घिमिरेले बताउनु भयो । यसैगरी समितिको सदस्यमा माधव पोख्रेल, रञ्जित गुरुङ, मिनु गुरुङ, भक्त बहादुर विसी, चनराम थारु, भूमिश्वर खनाल, हरिहर थारु रहनुभएको छ भने ५ सदस्यीय सल्लाहकार समिती चयन भएको छ ।

अध्यक्ष घिमिरेको अध्यक्षता, देवराज उपाध्यायको प्रमुख आतिथ्य र रविन्द्र अर्यालको संचालनमा साधारण सभा सम्पन्न भएको थियो । सोही अवसरमै समितिले बनभोज कार्यक्रम पनि गरेको थियो ।

पुनः अध्यक्षमा दाहोरिएपछि घिमिरेले जिल्लामा सुदृढ साइकल ब्यवसायी बनाउने अभियान थालिने बताउनु भयो । पहिलो कार्यकाल अनुभवमै वितेको हुँदा दोश्रो कार्यकालमा जिल्लाका साइकल ब्यवसायी साथीहरुलाई राष्ट्रिय रुपमा चिनाउने गरी काम गर्ने घिमिरेको दावी छ ।
अब उहाँले बातावरणीय प्रदुषण कम गर्नको लागि साइकल राइडर्सहरुसंग मिलेर साइकल चलाउनु पर्ने मान्यतालाई स्थापित गरिने बताउनु भयो । पछिल्लो समय जिल्लामा साइकल राइडर्सहरुको संख्या बढिरहनु सुखद रहेको उहाँहरुलाई उत्साह थप्न नयाँ काम गरिने घिमिरेले बताउनु भयो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६