प्रदेश

६ वटा निर्माण कम्पनी कालोसूचीमा




काठमाण्डौ, २३ मंसिर । सरकारले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाण्डौ सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रा लि, पुरानो बानेश्वरको निलगिरि निर्माण सेवा, तारेकेश्वर नगरपालिकाको च्याङ्ग्रासी निर्माण सेवा, कमलादीमा रहेको एसएसएम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखेको हो ।

यस्तै, बाँकेका एसएनसी निर्माण सेवा र त्रिदेव निर्माण सेवा पनि कालोसूचीमा परेका छन् । निलगिरिलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २,२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६