अर्थ-वाणिज्य

लुम्बिनी र तुलसीपुर क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नु पर्ने :कुल प्रसाद केसी



तुलसिपुर २३-मंसिर । आज बिहिबारदेखि संचालनमा आएको प्रथम प्रादेशिक फेष्टिबल २०७८को उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी(सोनाम)ले गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ को बरुवागाउँमा चन्द्रसुर्य यातायात प्रालिले उक्त फेष्टिबलको आयोजना हो ।

मुख्यमन्त्री सोनामले मेला उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी र कर्णाली प्रदेशसंग जोडिएको तुलसीपुर क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नु पर्ने बताए । साथै हरेक मेला महोत्सवमा व्यापार व्यवसाय हुने भएकाले यसलाई व्यवस्थित बनाउनु पर्ने उनको भनाइ थियो । अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री केसीले कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेकोले यसबाट बच्न स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउनु पर्ने बताए ।

कोरोना महामारीको नयाँ भेरियन्टको जोखिमका बाबजुद महोत्सव संचालन हुन लागेको भन्दै यसप्रति विशेष ध्यान दिन उनले आयोजकलाई आग्रह पनि गरेका छन् । महोत्सव आज बिहीबार २३ गतेदेखि मंसिर २९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६