अर्थ-वाणिज्य

अध्यक्ष केपी ओली अस्वस्थ हुनुभएपछि आजका लागि निर्धाीरत सवै कार्यक्रम रद्ध



काठमाडौं २३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाँलाई रुघाखोकीसहित ज्वरो आएको हो ।
अध्यक्ष ओली अस्वस्थ हुनुभएपछि आजका लागि निर्धाीरत सवै कार्यक्रम रद्ध भएको छ भने नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रम पनि रद्द गरिएको उहाँको सचिवालयले जनाएको छ।

आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा अस्वस्थ भएका कारण आफू उपस्थित हुन नसकेपछि उहाँले उपमहासचिव ज्ञवाली प्रदीप ज्ञवालीलाई पठाउनु भएको छ । उपमहासचिव ज्ञवालीका अनुसार अध्यक्ष ओलीमा खोकी निकै धेरै भएको र टन्सिलको समस्या पनि देखिएको कारण सवै कार्यक्रम रद्ध गरी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरनु भएको छ ।

‘केही दिनदेखि अध्यक्ष अलिक अस्वस्थ देखिनु भएको थियो, आज रुघासँगै खोकीको मात्रा निकै बढेको र ज्वरो पनि आएको कारण सवै कार्यक्रम स्थगित भएको हो,’ ज्ञवालीले भन्नुभयो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६