प्रदेश

दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो



दाङ, २४ मंसिर । दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

गएराति भएको दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका(१६ का ४३ वर्षीय युवराज चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका चन्द चढेको रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही १६ मा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते भएका चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा गएराति नै ज्यान गएको थियो ।

ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६