प्रदेश

कांग्रेस नेता रिजालद्वारा महामन्त्री पदमा उम्मेदवारीको घोषणा



काठमाण्डौ, २४ मंसिर । नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

काठमाण्डौमा बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा उहाँले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताउनुभयो ।

यस्तै, उहाँले १४ औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी पनि गर्नु भएको छ ।

कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाणले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खाणले संस्थापन पक्षबाट उम्मेदवारीको घोषणा गर्नुभएको हो भने थापाले अहिलेसम्म आफ्नो कुनै समूहमा नरहेको बताउनु भएको छ ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६