जीवनशैली

बबई गाउँपालिकामा १५ सैयाको पुरन्धारा अस्पतालको निर्माण प्रक्रिया सुरू



बबई
२४-मंसिर ।बबई गाउँपालिकाको १५ सैयाको पुरन्धारा अस्पतालको निर्माण प्रक्रिया सुरू भएको छ । शुक्रबार निर्माण कार्यको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, वडा अध्यक्ष नन्दलाल वलीले शिलन्यास गरी सुरू गरेका हुन् ।

सबै स्थानीय तहमा १५ सैयाका अस्पताल निर्माण गर्ने संघीय सरकारको लक्ष्य अनुसार बबई गाउँपालिकाको वडा नम्बर ३ हंसपुरमा अस्पताल निर्माण प्रक्रिया सुरू भएको हो । बबई गाउँपालिका मार्फत् निर्माण हुने अस्पतालको प्रतिष्ठारक्षितिजरज्ञानज्योती जेभीले जिम्मा लिएको छ । निर्माण कम्पनीले २०७८ साल जेठ महिनामा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले २०८० सालको जेठ महिनासम्म अस्पताल निर्माण गरेर हस्तान्तरण गर्ने सम्झौता रहेको बबई गाउँपालिका प्राबिधीक शाखाका प्रमुख ईञ्जीनीयर राजेश देबकोटाले जानकारी दिए । अस्पतालको भवन निर्माणका लागि कम्पनीले भ्याटसहित ११ करोड ९८ लाख रुपैयामा सम्झौता गरेको छ ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६