अर्थ-वाणिज्य

दर्शन बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा शाही ।




हरि घिमिरे, २४ मंसिर ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा तथा छैंठौं अधिवेशन सम्पन्न भएको छ । २०६४ सालमा स्थांपना भएको सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा चौधौं साधारण सभा तथा छैंठौं अधिवेशन भव्यताका साथ सम्पन्न गरेको हो ।

जिल्लाको बाणगंगा नगरपालिका वडा न.४ दर्शन चोक, संस्थाको प्राङ्गणमा आज (शुक्रबार) सम्पन्न साधारण सभामा संस्थाका सचिव कृष्ण बहादुर शाही(विजय) ले २०७७/७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै संस्थाका कोषाध्यक्ष रेशम मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दौ आर्थिक समिक्षा गरेका हुन् । कार्यक्रममा लेखा समिति संयोजक चित्र बहादुर खाँणले बार्षिक लेखा प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेज प्रसाद आचार्यले बचत के हो भन्ने थाहा हुदाँ हुदैं पनि बचत गर्न हिच्कीचाउँने प्रवृतिको अन्त्य हुनुपर्ने बताए । प्रमुख अतिथि आचार्यले दर्शन बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा धेरै राम्रो उपलब्धि हासिल गरेको भन्दै खुशी व्यक्त गर्दौ भने “हरेक व्यक्तीले बचत गर्ने बानीको विकास गरे देशमा गरिबीको अन्त्य छिट्टै हुनेछ” । यस्तै उनले सहकारीलाई आम जनताको पहुँचसम्म लैजान नेतृत्वले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाकी सहसचिव कमला खाँण(शुष्मा) ले विगतका दिनहरुमा धेरै बाधा र अप्ठयाराको सामाना गर्दै संस्थालाई यहाँसम्म ल्याउन सफल भएकोमा खुशी व्यक्त गरिन । संस्थाका अध्यक्ष विदुर बहादुर मल्लले सुन्दर र समृद्ध भविष्यको यात्रा तय गर्न बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । अध्यक्ष मल्लले सबैको साझा संकल्प, मेहेनत्त र ईमान्दारिताले मात्र सहकारीको लक्ष्य तथा उद्देश्य हासिल हुने बताए ।

यसैबीच संस्थाको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले ११ सदस्यको समिती चयन गरेको हो । जसको अध्यक्षमा कृष्ण बहादुर शाही(विजय) चयन भएका छन् । तेस्तै उपाध्यक्षमा कमला खाँण(शुस्मा), सचिवमा निर्मल शाही, कोषध्यक्षमा मुक्ति बहादुर मल्ल, सह सचिवमा सिता पराजुलि चयन भएका छन् । यस्तै सदस्यहरुमा भरत सेन, दिल बहादुर शाही, मोहन बहादुर शाही, देवि कुमारी मल्ल, खुशलाल थारु, हिरा बहादुर शाही चयन भएका छन् । यस्तै सहकारीले सेयर सदस्य मध्यबाट विभिन्न विधामा ६ जनालाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा दुई सय भन्दा वढि सेयर सदस्यहरुको उपस्थीति रहेको थियो ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६