अर्थ-वाणिज्य

एउटै स्थानमा ७ महिनामा १९ दुर्घटना :मृत्यू मार्ग नामाकरण




बुटवल २५ मंसिर । पश्चिम क्षेत्रकै आर्थिक केन्द्रका रुपमा रहेको बुटवलमा प्रमुख टाउको दुखाईको विषय मध्य भागमा पर्ने ६ लेन सडक भएको छ । पटक–पटक समय थप गर्दा पनि बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक बिस्तारको काम सम्पन्न हुन नसक्दा यो मार्ग मृत्यु मार्ग बन्ने गरेको छ ।घाम लाग्दा धुलाम्य तथा हल्का वर्षा हुनासाथ हिलाम्य हुने बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक निर्माणको काममा भएको ढिला सुस्ति तथा लापरबाहीले यहाँको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बन्ने गरेको छ । सडकमा परेका ठूला–ठूला खाल्डा–खुल्डीका कारण यात्रुहरु जोखिम मोल्न बाध्य भएका छन् ।
खराब सडककै कारण यो सडक हुँदै यात्रा गर्ने यात्रुहरुले निर्धारितभन्दा बढी समय छुट्टयाएर हिँड्नु पर्ने बाध्यता रहेको छ ।यस क्षेत्रमा हुने अधिकांश दुर्घटनाको कारण समेत सडक हुने गरेको उनले बताउँछन् । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक क्षेत्रमा मात्रै पछिल्लो १७ महिनाको अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परी ११ जना घाइते भएका छन् । सो अवधिमा भएको भएका १९ वटा दुर्घटनामा २८ वटा सवारीमा क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६