काठमाण्डौ, २५ मंसिर । दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि बङ्गलादेशमा सुरु हुँदैछ ।
आज नै नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ ।
यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण १८ वर्षमुनिको टिमबीच भएको थियो ।
त्यतिबेला फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बङ्गलादेशले पहिलो संस्करणको उपाधि जितेको थियो ।
बङ्गलादेशपछि नेपालले दोस्रो खेल श्रीलङ्कासँग आउने २९ गते खेल्नेछ ।
प्रतिक्रिया