खोज–अनुसन्धान

बाणगंगाको खानेपानीका लागि ३२ करोडको संझौता




कपिलवस्तु २६ मंसिर । स्वस्थ्य र स्वच्छ खानेपानी पाउने उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै संघिय सरकारले बाणगंगाको खानेपानीकालागि ३२ करोड बजेटको उपलब्धता गराएको छ । खानेपानी समितिले २४ सै घण्टा खानेपानी उपलब्ध गराउने रणनिति अन्तर्गत बाणगंगा नन्दनगर खानेपानी आयोजना कार्यान्वयनका निम्ति खानेपानी समिति र संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवल बिच साढे ३२ करोड भन्दा बढिको सम्झौता भएको छ ।
सो योजनाका लागि रु ३२ करोड ५६ लाख ७ सय ७५ रुपैयाँ ६९ पैसाको सम्झौता भएको समितिका अध्यक्ष विश्व कार्कीले बताउनुभएको छ । समितिले बनाएका ठुला योजना आर्थिक बर्ष २०७९/८० भित्र सम्पन्न गरि उत्कृष्ट खानेपानीको रुपमा अगाडि पहिचान दिने उद्देश्यले अगाढि बढिरहेको ब्यबस्थापक अनिमा खरेलले बताउनुभयो ।सोहि योजना अन्तर्गत उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै नन्दनगर र बैजलपुरमा साढे ४ सय घनमिटर क्षमता भएका २ वटा ओभरहेड ट्यांकी निर्माण हुनेछन् ।
दुवै ठाउँमा १/१ वटा बोरिङ्ग, १/१ वटा प्यानल बोर्ड, १/१ वटा अप्रेटर हाउस, १/१ वटा पानी फिल्टर निर्माण गरिने छ । योजनामा दुवै स्थानमा १/१ वटा पालेघर, १/१ वटा व्यबस्थित २ तले कार्यालय भवन, ९१ किलोमिटर दोहोरो पाईप लाईन विस्तार, नन्दनगरमा एउटा काउन्टर हाउस भवन, दुवै स्थानमा कम्पाउण्ड वाल निर्माण तथा खानेपानी कार्यालय सौन्दरीकरण रहेका छन् । त्यस्तै अन्तर्गत दुवै स्थानमा १ सय केभिएका २ वटा ट्रान्सफर्मर, १ सय केभिएका २ वटा जेनेरेटर, थ्रि फेस लाईन पोल विस्तार तथा कार्यालय भवनमा समेत सभाहल निर्माण लगायतका विभिन्न कार्य योजनामा समावेश गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । आयोजना आर्थिक बर्ष २०८०/८१ भित्र सम्पन्न हुने सम्झौता पत्रमा उल्लेख छ ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६