प्रदेश

बाणगंगाको कपिलधाममा १० शैयाको प्राकृतिक चिकित्सा भवनको शिलन्यास




कपिलवस्तु, २७ मंसिर ।
कपिलवस्तुको बाणगंगा ७ मा रहेको धार्मिक तथा पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा प्राकृतिक चिकित्सा भवनको शिलन्यास गरिएको छ । उक्त कपिल स्वास्थ सेवा केन्द्र प्राकृतिक चिकित्सा पद्धति संचालन गर्न २२ लाखको लागतमा १० शैयाको प्राकृतिक चिकित्सा भवनको शिलन्यास गरिएको हो । गुरुकुलमा रहेका बटुकद्वारा स्वस्ती बाचनका साथ भुमी पुजन कार्यक्रमका प्रमुख अतिथि तथा वडा न ९ का वडाध्यक्ष धुर्ब बेल्बासे,समाजसेवी शिबचन्द्र आचार्य प्राकृतिक चिकित्साका अध्यक्ष आत्माराम आचार्यले सो प्राकृतिक चिकित्सा भवनको संयुक्तरुपमा शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै योग शिक्षक पुनाराम गिरि,प्राकृतिक चिकित्सालयका अध्यक्ष आत्माराम आचार्य मोतिपुर आयुर्वेद औषधालयका प्रमुख तेज बहादुर सोमै ,वडाध्यक्ष धुर्ब बेल्बासे लगायतले प्राकृतिक चिकित्सा अस्पतालले कपिलधामको गरिमा बढेको र मानिसलाई स्वास्थ रहन यश प्राकृतिक चिकित्सा पद्धतिले थप टेवा पुग्ने कुरा बताएका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष राम प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियोे ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६