जीवनशैली

कपिलवस्तुमा २लाख ७७ हजारले लिए कोरोना खोप : पुस ४ देखि विद्यार्थीलाई दिइने




सागर वि क
कपिलवस्तु २७ मंसिर । कपिलवस्तुमा हालसम्म २ लाख ७७ हजार बढीले कोरोनाविरुद्धको कम्तीमा एक मात्रा खोप लगाएका छन् । जिल्लाका १० पालिकामा संचालन गरिएको खोप अभियान अन्तर्गत २ लाख ७७ हजार बढीले एक मात्रा खोप लगाएका हुन् । यही मंसिर २० गते देखि संचालन गरिएको खोप अभियानमा एक हप्ताको अवधिमा एक लाख १० हजार बढीले एक मात्रा खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो ।
जिल्लाको बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरपालिकामा भरोसेल खोप लगाईएको र बाँकीमा एस्ट्राजेनेका खोप लगाईएको हो । प्रमुख पाण्डेका अनुसार खोप लगाउन बाँकी रहेका बालबालिकालाई लक्षित गरी पुस ४ गतेदेखि खोप कार्यक्रम सुरु गरिने छ । जिल्लाका स्वास्थ्य संस्थाबाट १२ देखि १८ वर्षमुनिका बालबालिलाई मोर्डना खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
सकेसम्म बालबालिकालाई नजिक पर्ने गरी खोप केन्द्रको व्यवस्थापन गरिने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डे बताउनुभयो । हालसम्म कति बालबालिकालाई खोप लगाईने हो भन्ने विवरण प्राप्त भई नसकेको र मोर्डना खोप नपुगेकालाई फाइजर खोप लगाइने प्रमुख पाण्डेले जानकारी दिनुभएको छ । बाणगंगामा हालसम्म ३६ हजार एक सय ९५ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका बाणगंगा नगरपालिकाका स्वास्थ्य अधिकृत ठगराज पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार यही मंसिर २३ गतेदेखि संचालन भईरहेको खोप अभियानमा १९ हजार १ सय ९५ जनाले खोप लिएका छन् । यही मंसिर २३ गतेपछि १८ बर्षमाथिका ११ हजार ८ सय ८३ जनालाई खोप लगाइएको बुद्धभूमि नगरपालिकाका जन स्वास्थ्य अधिकृत खुबिराम खनालले जानकारी दिनुभयो । उता कपिलवस्तुमा हैजा प्रभावित क्षेत्रका २ लाख ३० हजार बढीलाई हैजा विरुद्धको खोप उपलब्ध गराईएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६