जीवनशैली

कपिलवस्तुमा कोरोनाविरुद्धको मोर्डना खोप विद्यालयमा पुगेर लगाउने तयारी हुँदै



कपिलवस्तु ३ पुस -कोरोनाविरुद्धको मोर्डना खोपलाई विद्यालयमा पुगेर लगाउने तयारी भएको छ । लक्षित उमेर समूहका बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै पुगेर खोप लगाउने अन्तिम तयारी भएको छ । जिल्ला भरीका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागि पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुखसँग सूक्ष्म योजना निर्माण भएको छ । 

पुस ४ गतेदेखि पहिलो चरणअन्तर्गत देशका ३७ जिल्लाका १७ लाख बालबालिकालाई मोर्डना खोप लगाउन सुरु हुने छ । सोही अभियानअन्तर्गत कपिलवस्तुमा पुस ५ गतेदेखि खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । उनले २०६१ साल मङ्सिर देखी २०६६ साल मङ्सिर भित्र जन्मिएका बालबालिकाहरूलाई नजिकको विद्यालयमा गई खोप लगाउन अनुरोध गरेका थिए । 

लक्षित समूहका सबैलाई खोप लगाउन कक्षा ६ देखि माथि सञ्चालन भएका सबै विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय पढ्दै गरेका र विद्यालय छाडेका सबैलाई खोपको दायरामा ल्याउन शिक्षक तथा स्वास्थ्यकर्मी परिचालन गरिने बुद्ध भूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताए । मोर्डना खोप २८ दिनको फरकमा २ पटक लगाइने विश्व स्वास्थ्य सङ्गठनका कन्सलट्यान्ट मुकुन्द रेग्मीले बताए । रेग्मीले खोपको विषयमा सरोकारवालालाई सहजीकरणसमेत गरेका थिए । पहिलो मात्राको लागि ८० हजार डोज खोप स्वास्थ्य कार्यालयलाई प्राप्त हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेले बताए । हरेक पालिकामा १० दिनसम्म खोप अभियान चल्ने बताइएको छ । 

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६