प्रदेश

रसुवागढी जलविद्युत् आयोजनाले आउँदो असारदेखि विद्युत् उत्पादन सुरु गर्ने ।



रसुवा, ०३ पुष । रसुवामा निर्माण भइरहेको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले २०७९ सालको असारदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको पछिल्लो समय संशोधित विद्युत् उत्पादनको तालिका अनुसार नै निर्माण सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिइएको छ । आयोजनाको ८३ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाका अनुसार अहिले इलेक्ट्रोमेकानिकल तर्फ उपकरण जडानको काम भइरहेको छ । कोरोनाको कारण देखाएर भारत फर्किएको निर्माण टोली गएको छठपछि निर्माणस्थलमा आएको थियो । त्यसयता टोलीले उपकरण जडानको कामलाई निरन्तरता दिएको छ । इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको भोइठ हाइड्रो इण्डियाले गएको छठदेखि काम सुरु गरेको आयोजनाले जनाएको छ । आयोजनाले तीनवटा पानी थिग्र्याउने पोखरी निर्माण गर्नुपर्नेमा दुईवटाको काम सकाएको छ भने एउटाको आधा काम सकिएको छ ।

आयोजनाले तोकिएको समयसीमा भित्रै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइयो० छबी गैरेले बताउनुभयो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको यस आयोजनाको निर्माण कार्य २०७० माघदेखि सुरु भएको हो । निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६