तुलसीपुर ३ पुस । सल्यानमा जंगली जनावरले खाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । कुमाख गाउँपालिका ७ जिमाली बस्ने ६० वर्षीय गंगाराम नाथको शव जंगली जनावरले खाएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिनएको छ ।
गत मंशिर १२ गते घरबाट निस्किएका नाथको शव सोहि गाउँपालिका ३ चनेखोलामा आज शनिबार दिउँसो साँढे २ बजे फेला परेको प्रहरीले बताएको छ । उक्त घटना स्थलमा प्रहरीको टोली पुगि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया