जीवनशैली

बुटवलमा अलपत्र सडकमा छ लेन बनाउने काम सूचारु हुदै



बुटवल ४ पुस । लामो समयदेखि बुटवल बजार क्षेत्रभित्र अलपत्र अवस्थामा रहेको सडक विस्तारको काम अगाडि बढेको छ। ठेकेदारको ढिलासुस्ती र अटेरीले रोकिएको बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्म चार किलोमिटरको ६ लेन सडक विस्तार आयोजनाको ‘भेरिएसन अर्डर’ (भिओ) स्वीकृत भएसँगै कामले गति लिने अपेक्षा गरिएको हो।सडक विभागले ‘भेरिएसन अर्डर’ स्वीकृत नगर्दा भुक्तानीको प्रक्रियामा ढिलाई भएपछि काममा बाधा पुगेको गुनासो गर्दै निर्माण कम्पनीले काममा अटेरी गरिरहेको थियो। पहिलो चरणमा, नाला, फुटपाथसँगै कल्भर्ट निर्माणको काम शुरु भएपनि निर्माण कम्पनीले बीचमै काम रोकेको थियो।

सडक भत्किएर छियाछिया हुनुका साथै त्यसबाट निस्किएको धुलोले बजार क्षेत्र कुहिरोमण्डल हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले चौराहा-गोलपार्क सडक विस्तारको काम शुरु भइसकेको बताए।‘कतिपय कागजी प्रक्रियाका काम र शुरुको भेरिफिकेसनमा भएका कमीकमजोरीको फाइदा उठाउँदै केही समयदेखि ठेकेदारले बदमासी गरिरहेको थियो, सडक विभागले भेरिएसन अडर्र स्वीकृत गरेसँगै अब विस्तारको काम तिव्र रुपमा अगाडि बढ्छ’, उनले भने , ‘निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालयको पूर्ण सहयोग छ, अब ठेकेदारले कुनैपनि बहाना बनाएर सडक विस्तारको काम रोक्ने ठाउँ छैन। काम समयमै सम्पन्न गराउन नागरिकस्तरबाटै दबाब आवश्यक छ।’

सडक विस्तारको लागि ‘साइड क्लियर’ भएर चौराहादेखि मिलनचोकसम्म दुवैतर्फका नाली निर्माण भएको भन्दै उनले अन्य क्षेत्रमा रोकिएको काम अब तत्काल अगाडि बढ्ने बताए। अदालतले दिएको आदेशसमेत अटेर गर्दै अझैपनि केही घरधनीहरुले सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली नगरेको बताउँदै तत्काल घरटहरा हटाइ सडक निर्माणमा सहयोग गर्न मरासिनीले आग्रह गरे।ठेकेदारको लापरबाहीका अगाडि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि लुम्बिनी प्रदेशको मुकाम लामो समयदेखि सर्वसाधारणका लागि सास्तीको थलो बन्दै गएको थियो। दैनिक हजारौँ सवारीसाधन र लाखौँ यात्रु ओहोरदोहोर गर्ने चौराहा(गोलपार्क खण्ड विस्तारका लागि ठेकेदार कम्पनी द कञ्चनजंघा(बिरुवा जेभी काठमाडौंले ३ वर्षअघि ४१ करोड २३ लाख रुपैयाँमा ठेक्का पाएको थियो।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६