प्रदेश

इन्टरनेट सेवाको शुल्क तथा महशुलदर स्वीकृतबारे बुझेर मात्रै भुक्तानी गर्नुहोस्ः दूरसञ्चार प्राधिकरण



काठमाण्डौ, ०४ पुष । नेपाल दूरसञ्चार प्राधिकरणले कतिपय इन्टरनेट सेवा प्रदायकले सेवाको शुल्क तथा महशुलदर स्वीकृत नगराइ लागू गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने सेवा शुल्क र महशुलदर सर्तअनुसार अनिवार्य प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्ने जनाएको छ ।

साथै सेवा शुल्क र महशुलदर स्वीकृत भएको मिति समेत उल्लेख गरी लागू गर्नुपर्नेतर्फ सचेत गराएको छ ।

प्राधिकरणले सूचना निकालेर कतिपय इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट सेवाको शुल्क र महशुलदर स्वीकृत नगराइ विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको उल्लेख गरेको छ ।

साथै उपभोक्ताले आफूले प्रयोग गरेको सेवाको महशुलदर प्राधिकरणबाट स्वीकृत भएरनभएको बुझेर भुक्तानी गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६