अर्थ-वाणिज्य

कांग्रेस केन्द्रको पहिलो बैठक: चारवटा निर्णय के भए ?



काठमाडौं १० पुस । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए।इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताकासाथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प बैठकले गरेको महामन्त्री थापाले बताए।

त्यस्तै बैठकले धन्यवाद ज्ञापन पनि गरेको छ। ‘बैठकले यो अधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली कांग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेताहरुदेखि लिएर यो अधिवेशनलाई सम्पन्न गर्नको लागि पार्टीको विभिन्न तहमा रहेर काम गर्ने निर्वाचन समिति सञ्चारमाध्यम सबैलाई धन्यवाद प्रकट गर्ने निर्णय गरेको छ,’ महामन्त्री थापाले भने।राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने उम्मेदवारहरुका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको तर्फबाट आधिकारिक रुपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय पनि गरेको छ ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६