प्रदेश

वन प्राविधिक संघ लुम्बिनीको प्रथम अधिवेशन :जितेन्द्रको अध्यक्षतमा २१ सदस्यीय समिति



लुम्बिनी ११ पुस । प्रजातान्त्रिक वन प्राविधिक संघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन रुपन्देहिकाे संकरनगरमा सम्पन्न भएकाे छ ।लुम्बिनी प्रदेश वन ,वातावरण तथा भु संरक्षण मन्त्री सुरेन्द्र हमाल ज्यु काे प्रमुख अतिथ्यता भएकाे कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहि सभापति रामकृष्ण खाण,वन सचिव पशुपतिनाथ काेईराला लगायत विशिष्ट वन विज्ञहरुकाे उपस्थिति रहेकाे कार्यक्रम काे अध्यक्षता प्रजातान्त्रिक वन प्राविधिक संघका केन्द्रीय अध्यक्ष दामाेदर शर्मा ज्यु ले गर्नु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै मन्त्री हमालले लुम्बिनी प्रदेश वन व्यवस्थापन र संरक्षणमा अब्बल भएकाे भन्दै वैज्ञानिक वन व्यवस्थापन काे पुनर्जिवित गर्ने कार्य लुम्बिनी प्रदेश बाट नै सुरुवात हुने जानकारी दिनुभयाे ।कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले वैज्ञानिक वन व्यवस्थापन नेपालकाे अपरिहार्यता भएकाे भन्दै राज्य समृद्धि काे दिशामा अगाडि बढ्न वन सम्बधनमा अधारीत व्यवस्थापन गर्नुुपर्नेमा जाेड दिनुभएकाे थियाे । अधिवेशनबाट जितेन्द्र सिंह खड्काकाे अध्यक्षतमा २१ सदस्यीय समिति समेत चयन गरेकाे छ ।जसकाे उपाध्यक्षमा संयाेग बस्नेत,मुना शर्मा, पंकज कुमार ठाकुर सचिवमा केशर खड्का, सहसचिवमा निरज पाेखरेल र काेषाध्यक्षमा मदन माेहन सान्डिल्य रहनु भएकाे छ ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६