खोज–अनुसन्धान

कपिलवस्तु र बुद्ध शिक्षाको पाठयक्रम लागु स्थानीय तहमा प्रतिस्पर्धा




कपिलवस्तु १३ पुस। कपिलबस्तुको बाणगंगा नगरपालिकाले पहिलो पटक तयार पारेको कपिलवस्तु र बुद्ध शिक्षा विषयक स्थानीय पाठयक्रम लागु गर्न कपिलवस्तु र अन्य जिल्लाका स्थानीय तह बीच प्रतिस्पर्धा नै शुरु भएको वाणगंगाका उपमेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । उहाले नगरका शिक्षक शिक्षिका बिचमाभएको पाठयक्रम प्रबोधिकरण मा यस्तो वताउनु भएको हो ।


गत आर्थिक बर्षदेखि औपचारीक रुपमा लागु गरिएको पाठ्यक्रमको सोमबार नगरभित्रका कक्षा ६ देखि ८ सञ्चालन भएका बिद्यालयहरुका शिक्षकहरु बिचमा प्रबोधिकरण गरिएको हो ।उपमेयर अर्यालले बौद्धशिक्षाले बालबालिकामा सकारात्मक , रचनात्मक र सृजनात्मक सोचको विकास हुने बताउनुभयो । साथै उहाले बालबालिकामा सदाचार शैली विकास गर्न बुद्धशिक्षा अपरिर्हाय रहेको बताउनुभयो ।


बौद्ध शिक्षा पाठ्यक्रम निर्धारण समितीका संयोजक डम्मर शर्माले बाणगंगाबाट लागु भएको कपिलबस्तु र बुद्ध शिक्षा जिल्लाका अन्य पालिका हुदै प्रदेशका अन्य जिल्लामा समेत लागु हुने स्थिती बन्नु सुखद भएको बताउनुभयो ।बाणगंगा शिक्षा शाखाका प्रमुख बाबुराम भटट्राईले कपिलबस्तु र बुद्ध शिक्षा लागु गर्नु बाणगंगाका लागि नया अवसर भएको बताउनुभयो । उहाले बाणगंगाले सुरु गरेको स्थानीय पाठ्यक्रम आफैमा ओजनदार रहेको समेत स्पष्ट पार्नुभयो ।नगरका ५२ विद्यालयमा लागु भएको बुद्ध शिक्षा पढाउनका लागि शिक्षक शिक्षिकालाई ३ दिनको अभिमुखिकरण राखिएको हो ।३ दिने तालिममा बिषय बिज्ञका रुपमा डम्मर शर्मा, गुनाखर गैर र पोम नारायण पौडेलले सहजीकरण गर्ने वताइएको छ ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६